रेडक्रस अध्यक्ष उम्मेदवार शुल्क ५१ हजार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले निर्वाचन नियमावली संशोधन गर्दै उम्मेदवार शुल्क बढाएको छ। अध्यक्ष पदका लागि ५१ हजार रुपैयाँ, केन्द्रीय पदाधिकारीका लागि ३५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ।

तदर्थ समिति संयोजक विनोदकुमार शर्माको नेतृत्वमा संरचना पनि परिवर्तन गरिएको छ, जसअनुसार केन्द्रदेखि उपशाखासम्म पाँच तह रहनेछन्। केन्द्रीय समिति अब १९ सदस्यीय हुनेछ।

१९ जनाको केन्द्रीय समितिमा पाँच जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । केन्द्रीय समिति यसअघि ३३ सदस्यीय हुने व्यवस्था थियो ।

केन्द्रीय महाधिवेशनको मिति तय गरी नसकेको रेडक्रस सोसाइटीले सबै तहमा उम्मेदवारका लागि लाग्ने शुल्क तय गरेर निर्वाचन नियमावली भने संशोधन गरेको छ ।

महामन्त्री मीनबहादुर मल्लका अनुसार असारको मध्यतिर केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। प्रदेश, जिल्ला र पालिका तहका उम्मेदवारका लागि पनि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *