वीर अस्पतालका लेखा अधिकृत दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । घुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गर्दै बुधबार दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार आयोगले लेखा अधिकृत दाहालसँग ९३ हजार ८५० रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद सजाय पनि मागदाबी गरिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेका दाहाल गत असोजमा एक लाख २० हजार ८५० रुपैयाँ घुसहित पक्राउ परेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *