काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार डेपुटी गभर्नरमा नियुक्त भएका पण्डितले आजै पदबहाली समेत गरेका छन्।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
शपथ लगत्तै पदबहाली गर्दै पण्डितले बैंकको गरिमा र जिम्मेवारीलाई कुशलतापूर्वक अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
उनी यसअघि बैंकको कार्यकारी निर्देशक तथा प्रवक्ताको जिम्मेवारीमा थिए।

Artha Sanjal






