काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् । उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि पुगेका हुन् ।
वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी राजमार्गको रोशी खोला आसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको थियो । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडा पुगेर मंगलबार गृहमन्त्री गुरुङले अवलोकन गरेका हुन् ।
सो क्रममा उनलाई नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा लगायतले स्वागत गरेका थिए ।
Artha Sanjal






