काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० को विन्दुमा बन्द भएको छ ।
आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोडको शेयर कारोबार भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको हो ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर, स्वेत गंगा र सुपर खुदीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइनका लगानीकर्ताले ९.९९ प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइबिए ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।






