सेयर बजार आज उच्च अंकले बजार बढेकाे छ। नेप्से परिसूचक आज ८३.३३ अंकले बढेर २७६०.०२ को विन्दुमा बन्द भएको छ।
आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा करिब ११ अर्ब रुपैयाँको कारोबार भएको छ। उच्च अंकले बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। बजारमा आज २६४ कम्पनीको सेयरभाउ बढ्दा ३ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको सेयरभाउ स्थिर रहेको छ।
आज जलविद्युत समूह सर्वाधिक ४.५९ प्रतिशतले बढेको छ। आज १० वटा कम्पनीको शेयरभाउ सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेसनल हाइड्रोपावरको शेयरभाउ १० प्रतिशतले बढ्दा बाँकी ६ कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीले बढेर सकारात्मक सर्किट लागेको हो।
यो दिन रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउ १.६० प्रतिशतले घटेको हाे।






