काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (यससीटी)ले सिटीटेक ग्रुप प्रालिसँग डिजिटल भुक्तानी क्षेत्र का लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ । यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार (फिनपीओएस) प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
यस साझेदारी पश्चात् सिटी टेकको हार्डवेयर फिनपीओएस)मा (एससीटी)को प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा विभिन्न कार्ड स्किमहरु तथा डाइनामिक क्युआरका लागि स्मार्ट क्यूआरमार्फत डिजिटल भुक्तानी लाई सपोर्ट हुनेछ ।
यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य डिभाइस उपलब्ध गराइनेछ ।
पीओएस अक्वाइरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता, प्रविधि मा गर्नुपर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने छ ।
एससीटी डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ । फिनपीओएससँगको साझेदारी यसै प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो ।
एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।






