आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।

हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका पहाडी भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने छ। देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ। पहाडी भागमा आंशिक बादल लाग्ने छ तथा तराई भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *