अस्पतालमै लिन थालियो ओली बयान

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन शुरु गरेका हुन् ।

पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकरुले अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *