पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको ।

आज दिउँसो हिमाली र  पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *