नेपाल वायुसेवा निगमले बढायो दिल्ली उडान : अब हप्ताको १० पटक जहाज उड्ने

काठमाडौँ । यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान संख्या बढाएको छ।

निगमले चैत १७ गतेदेखि लागू हुने गरी यस रुटमा थप तीन उडान सञ्चालनमा ल्याएको जनाएको छ।

हाल आरए २१७/२१८ उडान नम्बरबाट दैनिक सेवा दिइरहेको निगमले अब आरए २०५/२०६ मार्फत हप्तामा तीन दिन थप उडान गर्ने व्यवस्था मिलाएको हो।

उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन्। निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *