काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी गोपालप्रसाद सिग्देलले सम्हालेका छन् । मन्त्रालयमा रिक्त रहेको सचिव पदमा सिग्देलले आज पदभार ग्रहण गरेका हुन् ।
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार सिग्देललाई भौतिक पूर्वाधारका साथै शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद्को गत १३ गतेको बैठकले उनलाई दुवै मन्त्रालयको जिम्मेवारी हेर्ने गरी निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयसँगै सिग्देलले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।
Artha Sanjal






