हर्क साम्पाङ भन्छन्- कोठे बैठकमा हामी जाँदैनौँ, पहिले संसद बोलाउनुपर्‍यो

हर्क साम्पङ्गले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्। श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रहेका उनले प्रतिनिधिसभाको औपचारिक बैठक बोलाउनुपर्ने माग गर्दै कोठाभित्र गरिने छलफलमा आफ्ना पार्टीका सांसद सहभागी नहुने स्पष्ट पारेका हुन्।

आज बालेन्द्र साह नेतृत्वको सरकारले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम राखेको छ। सोही छलफलका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो।
तर, साम्पाङले संसद चलिरहेको अवस्थामा औपचारिक प्रक्रिया छाडेर गरिने ‘कोठे बैठक’मा सहभागी हुनु उपयुक्त नहुने बताएका हुन्।

उनले प्रतिनिधिसभाको बैठक बोलाएर त्यहीँबाट विषय उठाइनुपर्ने भन्दै आफ्ना सांसदहरू त्यस प्रकारको अनौपचारिक बैठकमा सहभागी नहुने बताएका छन्।

संसदनै लोकतान्त्रिक बहसको मुख्य थलो भएकाले सरकारसँग छलफल गर्नुपर्ने भए प्रतिनिधिसभाको बैठकमार्फत् नै गर्नुपर्ने सांसद साम्पाङ्गको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *