लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्री खुला

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने व्यवस्था बमोजिम गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समयावधि दिइएकोमा संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएकोले उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको बैंकले जनाएको छ ।

उक्त स.स्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित सूचना प्रकाशति भएको मिति आज चैत १६ गतेले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *