काठमाडौं । मुस्ताङ एयरको हेलिकप्टर दोलखाबाट सम्पर्कविहीन भएको छ। मुस्ताङ एयरको ‘९एन-एएनओ’ कलसाइन भएको हेलिकप्टर दोलखाको लुम्लाङबाट आज सम्पर्कविहीन भएको हो।
उक्त हेलिकप्टर बिहान १० बजेर १० मिनेटमा बिगु गाउँपालिका १ लुम्नाङबाट लाप्चातर्फ उडेको थियो।
सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
क्याप्टेन सुरज थापासहित ५ जना माथिल्लो हाइ«डोको कर्मचारीहरु सवार सम्पर्कविहीन छन् ।
Artha Sanjal






