आलिसान गुम्बा, चर्च तथा मदरसाका गतिविधि निगरानी गर्न कार्की आयोगको सुझाव

काठमाडौं । भदौ २३ र २४ गतेका हिंसात्मक घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगगले काठमाडौंभित्रका आलिसान गुम्बाका साथै देशभर निर्मित चर्च र मदरसाहरुको गतिविधि निगरानी गर्न सुझाव दिएको छ ।

कार्की आयोगको प्रतिवेदनमा भदौ २३ र २४ को आन्दोलनमा टीओबीको संलग्नताबारे उल्लेख गरे पनि उनीहरूमाथि कारबाहीको सिफारिस भने भएको छैन ।

तर, आयोगको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा बनाइएका विशाल र आलिसान गुम्बाहरूको सरकारले राम्ररी अनुगमन गर्नुपर्ने भनेको छ । त्यस्तै मुस्लिम समुदायका बालबालिका पढाउने मदरसा र क्रिश्चियन समुदायका चर्चहरूमा आउने फण्ड र तीनका गतिविधिहरूको निगरानी गर्न समेत सुझाव दिइएको छ ।

यी संस्थाहरूमा हुने गतिविधिले राष्ट्रिय सुरक्षामा निकै ठूलो असर पार्ने हुँदा मुलुकले आफ्नो गुप्तचरी क्षमता बढाउन तत्काल आवश्यक भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *