रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । सोमबार रिट निवेदकका कानुन व्यवसायीले सुरुआती बहस गरेका थिए । रिट निवेदकको बहस बाँकी नै छ । त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिरक्षामा बहस गर्नेछन् ।

यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको थियो ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *