ईक्रा नेपालले लियो सानिमा बैंकको रेटिङ फिर्ता, लगानीकर्ता अन्योलमा

काठमाडौँ। ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको ‘इस्युअर रेटिङ’ फिर्ता लिएको छ। ईक्रा नेपालले बैंकको अधीनस्थ डिबेञ्चरहरूको रेटिङ पनि ‘रेटिङ विथड्रअल’ प्रक्रियामा राखेपछि बैंकका लगानीकर्ता शशंकित बनेका छन्।

क्रेडिट रेटिङ एजेन्सीले रेटिङ फिर्ता लिएपछि वित्तीय बजारमा अन्योलता बढाएको छ। विशेषगरी यसअघि ‘रेटिङ वाच नेगेटिभ’ मा रहेको अवस्थाबाट अन्तिम निष्कर्ष नआउँदै रेटिङ फिर्ता भएपछि यो सबैको चासोको विषय बनेको हो। त्यसमाथि यस सम्बन्धमा आफ्ना लगानीकर्तालाइ दिनुपर्ने आवश्यक सूचना तथा जानकारी सार्वजनिक नगरेपछि लगानीकर्ता थप आक्रोसित बनेका छन्।

ईक्रा नेपालको यो निर्णयसँगै बैंकको डिबेञ्चरमा लगानीकर्ताकर्ताको जोखिम मूल्याङ्कन कठिन बनाएको छ। क्रेडिट रेटिङ हटेपछि स्वतन्त्र रूपमा उपलब्ध हुने क्रेडिट मूल्याङ्कन नहुने भएकाले लगानीकर्ताले थप सावधानी अपनाउनुपर्ने भएको छ।

वित्तीय विश्लेषकहरुका अनुसार रेटिङ फिर्ता हुँदा संस्थाप्रति विभिन्न संका उपशंका उत्पन्न हुने गर्दछ। यस्तो अवस्थामा सम्बन्धित संस्थाले स्पष्ट रुपमा बिषयको जानकारी आफ्ना ग्राहक तथा लगानीकर्तामा दिनु अत्यन्त जरुरी मानिन्छ तर बैंकले बैंकले उक्त बिषयको जानकारी आफ्नो आधिकारीक वेवसाइटमा समेत राखेको छैन।  बैंकको वित्तीय अवस्था मूल्याङ्कन गर्दा नाफा, कर्जा गुणस्तर र व्यवस्थापनसँगै रेटिङ पनि महत्वपूर्ण मानिन्छ।

 वित्तीय क्षेत्रमा पारदर्शिता र सूचना महत्त्वपूर्ण भएकाले आफ्ना लगानीकर्तालाई समयमा स्पष्ट जानकारी नदिँदा लगानीकर्तामा अन्योल बढ्ने र त्यसले दीर्घकालीन रूपमा विश्वासमा असर पार्ने जोखिम रहने विश्लेषकहरु बताउँछन्।

यो निर्णयसँगै सनिमा बैंकमाथि दिइँदै आएको बाह्य क्रेडिट मूल्यांकनको विश्वसनीयता, निरन्तरता र पारदर्शितामाथि प्रश्न उठेको छ। कुनै बैंकको रेटिङ फिर्ता हुनु सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई त्यसले बजारमा संस्थाको अवस्थाबारे गम्भीर सन्देश प्रवाह गर्ने गर्छ। विशेषगरी निक्षेपकर्ता, लगानीकर्ता र ऋणपत्रधनीका लागि यस्तो कदमलाई चासोका साथ हेरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *