बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम-फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत Purple Haze Restro and Garden, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत,Mitho Restaurant and Thakali Kitchen विर्तामोडमा १० प्रतिशत , Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १० प्रतिशत,Meeting Point Restaurant & Bar, विर्तामोडमा ५ प्रतिशत , Hotel Earth Light Pvt. Ltd., सौरहा, चितवनमा २० प्रतिशत, Chicken Station, इमाडोलमा १० प्रतिशत तथा Solmari Restro & Meeting Pvt. Ltd., इमाडोलमा १५ प्रतिशतको छुट पाउनुहुनेछ ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत: Medicity Pharmacy, विर्तामोडमा १० प्रतिशत, Ramjanaki Hospital Pvt. Ltd., जनपुरमा १५% तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd., इमाडोलमा २५ प्रतिशत को छुटको ब्यवस्था रहेको छ ।
साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५ प्रतिशत छुट पाउनुहुनेछ । जिम-फिटनेस सेन्टर अन्र्तगत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट रहेको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम-फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्नुहुनेछ ।







