पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: २१ जना प्रतिवादीबाट ४६ करोड बिगो माग

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा अर्को मुद्दा पनि दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु सञ्जीव गौतम र राजन पोखरेलसहित २१ जना व्यक्तिविरुद्ध बिगो दाबीसहित मुद्दा दाय गरेको हो। मुद्दामा दुई कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले प्रतिवादीहरुबाट ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ। यसअघि अख्तियारले दायर गरेको पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *