‘कुलिङ पिरियड’ सुरु: अर्थमन्त्री रामेश्वर खनाल अब दैनिक काममा नजाने

काठमाडौं। रामेश्वर खनालले अर्थ मन्त्रालयका दैनिक काममा सहभागी नहुने घोषणा गरेका छन्। निर्वाचनको मत परिणामको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयबाट ‘कुलिङ पिरियड’ सुरु भएको बताएका हुन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ उनले लेखेका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अब नयाँ मन्त्री नआएसम्म मन्त्रालयमा प्रशासनिक निर्णयहरू मात्रै हुने बताए । ‘मन्त्रीज्यू गर्ने भनेको नीतिगत निर्णय हो, अब त्यो हुँदैन, दैनिक प्रशासनिक निर्णय प्रक्रिया रोकिँदैन’ उनले भने ।

अहिले सरकारले नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइरहेको छ । यो प्रक्रियामा समेत कुनै अवरोध नहुने प्रवक्ता पाण्डेयको भनाइ छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *