काठमाडौं : चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकमा मदिराजन्य पदार्थबाट हुने राजस्व संकलन घटेको छ।
आन्तरिक राजस्व विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा रक्सीबाट उठ्ने राजस्व १.३७ प्रतिशतले घट्दै करिब २७ करोड ९१ लाख रुपैयाँले कमी आएको हो।
उच्च करभार, उपभोक्ता व्यवहारमा परिवर्तन र अवैध मदिराको विस्तारलाई गिरावटका प्रमुख कारण मानिएको छ।
चालू आवमा मदिरामा लगाइएको ४० प्रतिशत अतिरिक्त करले बजार मूल्य बढाउँदा वैध बजारको माग खुम्चिएको देखिएको छ।
यद्यपि बियरतर्फ भने राजस्व वृद्धि भएको छ। तर समग्र मदिरा क्षेत्रमा संरचनागत समस्या गहिरिँदै गएको संकेत देखिएको छ।
व्यवसायीहरूले अवैध कारोबार बढेको र उद्योगमा लगानी घट्दै गएको बताएका छन्।
सरकारले कर नीतिमा पुनरावलोकन र अवैध मदिरा नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
Artha Sanjal






