इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए ।

तीमध्ये एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको सहसचिव खड्काले बताए । इजरायल-अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण भइरहेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *