रविलक्ष्मीलाई घाइते बनाएको अभियोगमा युवकविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी गरेर उनकी पत्नी रविलक्ष्मी चित्रकारलाई घाइते बनाएको अभियोगमा एक युवकविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

बझाङको जयपृथ्बी नगरपालिका–११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘अपराधिक उपद्रव’ कसूरमा सोमबार जिल्ला अदालतमा अभियोग दर्ता गरिएको हो।

सरकारी वकिल कार्यालयले खाती विरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘अपराधिक उपद्रव’को कसूरमा १० करोड ३४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति र कैद सजायको माग दाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो।

अभियुक्त खाती भने फरार छन् । सामाजिक सञ्जालको भिडियोमार्फत प्रहरीले उनको पहिचान गरेको हो।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *