काठमाडाैं । गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ रिहा भएका छन्। ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् ।
डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेको जेलर बाबुराम अर्यालले जानकारी दिए।
२०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो।
Artha Sanjal






