प्रतिनिधि सभामा नयाँ समीकरण: रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण तयार भएको छ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने निश्चित भएको छ । रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । दुई तिहाइ बहुमतबाट मात्र दुई सिट कम रह्यो । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।

रास्वपाले समानुपातिकमा कुल १ करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।

नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सिट, एमालेलेले प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ सिट पाउने देखिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले १७ सिट, राप्रपाले ५ सिट र श्रम संस्कृतिले ७ सिट पाउने अनुमान छ ।

निर्वाचन आयोगले ले ‘सेन्ट लग’ सूत्र अनुसार सिट बाँडफाँट गरी अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *