कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि खुला गरेको आईपीओमा आवेदन दिने म्याद चैत १२ गतेसम्म लम्ब्याएको छ।
मागभन्दा बढी आवेदन परेमा भने सोभन्दा अगावै निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो।
यसमध्ये ५ लाख ५० हजार कित्ता सेयर दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ, जसको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।






