काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन् ।
मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त राहदानी फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन् ।
‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,’ उनले लेखेको पत्रमा भनिएको छ ।
Artha Sanjal






