चितवनको होटल सिराइचुली अब अन्तर्राष्ट्रिय ब्रान्ड ‘बेस्ट वेस्टर्न’ अन्तर्गत सञ्चालन हुने

चितवन। नारायणगढस्थित होटल सिराइचुलीले अन्तर्राष्ट्रिय होटल ब्रान्ड ुबेस्ट वेस्टर्नु होटल्स एण्ड रिसोर्टसँग होटल व्यवस्थापन सम्झौता गरेको छ।

आइतबार सम्पन्न सम्झौताअनुसार अब होटल सिराइचुलीलाई बेस्ट वेस्टर्न ब्रान्डअन्तर्गत सञ्चालन गरिनेछ।

यस सहकार्यसँगै होटलमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रणाली, व्यवस्थापन दक्षता तथा विश्वव्यापी मार्केटिङ पहुँच विस्तार हुने विश्वास गरिएको छ।

साथै, होटल सिराइचुलीको नेपाली आतिथ्य परम्परालाई बेस्ट वेस्टर्नको विश्वस्तरीय सेवा मापदण्ड, लोयल्टी कार्यक्रम र अन्तर्राष्ट्रिय आरक्षण प्रणालीसँग जोड्ने लक्ष्य राखिएको छ।

होटलका अनुसार यस सहकार्यपछि पाहुनाले स्तरीकृत सेवा, थप सुधारिएको सुविधा तथा विश्वव्यापी बुकिङ नेटवर्कको पहुँच पाउनेछन्।

होटलका प्रतिनिधिले यसलाई संस्थाको दीर्घकालीन विकासका लागि महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।

त्यस्तै, ‘बेस्ट वेस्टर्न होटल्स नेपाल’का प्रमुख सञ्चालन अधिकृत अन्जन बगालेले  होटल सिराइचुलीलाई आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए।

उनका अनुसार होटलको उत्कृष्ट स्थान, सुविधा र सेवाप्रतिको प्रतिबद्धताले यसलाई बेस्ट वेस्टर्न नेटवर्कका लागि उपयुक्त बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *