एकैदिन ३५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजार चाँदी तोलाको ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *