मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।

उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीईओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ ।

विगत तीन दशकभन्दा धेरै बैंकिङ क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक र मेगा बैंकमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब सीईओ भएर प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *