सल्यानमा रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र खाद्यान्न फेला

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा प्रयोग भएको बोलेरो जिप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यानको सल्लिबजारबाट खौरातर्फ जाँदै गरेको कर्णाली प्रदेश–०१–०१८ च ०४२९ नम्बरको गाडीबाट ७ कार्टुन रक्सी, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खाने तेल बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीले रास्वपाको झण्डा, ब्यानर र साउण्ड सिस्टम पनि बरामद गरेको छ । आचार संहिता बिपरित मदिरा र खाद्यान्न बोकेर प्रचारमा हिँडेको भेटिएपछि गाडी नियन्त्रणमा लिइएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *