प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअघि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले बताए।

‘आज प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ’, रावलले भने, ‘प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने सल्लाह हुँदैछ । जे भए पनि एउटा महत्त्वपूर्ण सन्देश आज आउँदैछ ।’

गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *