बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतीतोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँले कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *