नेपालको ‘कुलिनरी’ क्षेत्र विस्तार गर्न पद्म ज्योति ग्रुप र ‘रिच्स इन्डिया’बीच सम्झौता

काठमाडौं । नेपालको फुडसर्भिस, बेकरी र कुलिनरी (पाककला)क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अग्रणी व्यावसायिक घराना पद्म ज्योति ग्रुप र विश्वव्यापी खाद्य कम्पनी ‘रिच्स इन्डिया’बीचको सहकार्य विस्तार भएको छ ।

दुई दशकदेखि नेपालमा उपस्थित ‘रिच्स’सँगको यो नयाँ सम्झौताले नेपाली बजारमा विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्राउने लक्ष्य राखेको छ ।

यस विस्तारित सहकार्यअन्तर्गत पद्म ज्योति ग्रुपअन्तर्गतको ‘सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालि’को बलियो वितरण सञ्जालमार्फत नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई उच्च गुणस्तरका उत्पादन उपलब्ध गराइनेछ ।

साथै, परम्परागत बिक्रीमा मात्र सीमित नभई सेफहरूको क्षमता अभिवृद्धिका लागि प्राविधिक तालिम र प्रत्यक्ष प्रदर्शन (लाइभ डेमो) समेत प्रदान गरिनेछ । ८० वर्षभन्दा लामो विरासत बोकेको ‘रिच्स’ को विशेषज्ञताले नेपाली मेनु र परिकारको गुणस्तरमा नवीनता ल्याउने अपेक्षा गरिएको छ ।

पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको नेतृत्वमा नेपाली उपभोक्तालाई समसामयिक र उत्कृष्ट खाद्य अनुभव प्रदान गर्न यो कदम चालिएको हो । रिच्स इन्डियाका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले यस साझेदारीमार्फत नेपालका सेफ र प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्दै उनीहरूको सिर्जनशीलतालाई प्रेरित गर्ने बताएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *