पाल्पा सिमेन्टले सर्वसाधारणलाई आईपीओ बिक्री खुलायो

काठमाडौं। पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आजदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुलाएको छ।

प्हिलो चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणलाई निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

यसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कार्यरत कर्मचारीका लागि सुरक्षित गरी ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरे फागुन २६ गते निष्कासन बन्द हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ।

यसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *