एशियन लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको अठारौं वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा आज सम्पन्न भएको छ । उक्त सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजीको १०.५२६ प्रतिशत (५ प्रतिशत बोनस सेयरसमेत) लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

आवका लागि चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने २५ करोड ५७ हजार ९६०.३५ रुपैयाँ) रकम बराबरको बोनस सेयर र ५.५२६ प्रतिशत (लाभांशमा लाग्ने कर समेत)ले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८५०.९१ रुपैयाँ बराबरको नगद लाभाश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

यसैगरी आर्थिक वर्ष २०८१/८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सोसम्बन्धि संलग्न अनुसूचीहरुमाथि छलफलसहित पारित भएको छ ।

साधारण सभाबाट आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ ।

साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *