गौरमा झडप हुँदा ३ गाडी र दुई मोटरसाइकलमा आगजनी

काठमाडौँ । रौतहटमा दुई समुदाय बिच विवाद भएपछि सदरमुकाम गौर तनावग्रस्त भएको छ । ३ दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । शनिवार गौरमा झडप भइरहेको छ ।

दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले रातोपाटीलाई बताए । उनले भने, ‘शुक्रवार पनि झडप भएको थियो ।’

गौर नगरपालिका–६ स्थित सवगडा गाउँका दुई समूहबिच दुई दिनदेखि लगातार झडप भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आक्रोशित समूहले गौर स्थित एउटा पेट्रोल पम्पमा पनि तोडफोड गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *