युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १००:१० को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन लागि बुक क्लोजको मिति पनि तय गरेको छ । कम्पनीले फागुन १७ गते एक दिन बूक क्लोज गर्ने भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *