जम्मु कश्मीरका २० हजार युवालाई ऋण दिदै भारत सरकार

भारत सरकारले जम्मु कश्मीरको बुडगाम जिल्लाका युवाहरूलाई आत्मनिर्भरताका लागि ऋण उपलब्ध गराउने भएको छ । जिल्लाका उप आयुक्त शहबाज अहमद मिर्जाले २० हजार युवाहरुलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउने बताएका हुन् ।

उनले ऋण लिन चाहने युवाहरुलाई आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरे । उनले गत वर्ष १६ हजार भन्दा धेरै युवाहरुलाई ऋण उपलब्ध गराएको समेत जानकारी दिए ।

उप आयुक्त मिर्जालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो वर्ष २० हजार युवाहरुलाई ऋण उपलब्ध गराउने लक्ष्य रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *