नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ लाख ८८ हजार बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । आवेदन काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *