काठमाडौं। माया खोला हाइड्रोपावर र सिटिजन्स क्यापिटलबीच माया हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता भएको छ।
सम्झौतामा माया खोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले माया खोला हाइड्रोपावरको १ करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिन गर्नुपर्ने काम तथा त्यसपछि बिक्री प्रबन्धकको काम गर्नेछ।
२०६७ मा प्रालिको रुपमा भई २०७३ मा लिमिटेडमा रुपान्तरित भएको कम्पनीले संखुवासभामा १४.९ मे.वा. क्षमताको माया खोला हाइड्रोपावर आयोजना निर्माण गरी २०८० असारदेखि विद्युतु उत्पादन गरेर विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आएको छ।
कम्पनीले सर्वसाधारणलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो।






