महानगरका उम्मेदवार केशव स्थापितमाथि फेरि अर्को आरोप

काठमाण्डौं महानगरका उम्मेदवार तथा एमाले नेता केशव स्थापितमाथि फेरि अर्को आरोप लागेको छ । काठमाडौं महानगरपालिकाको पूर्व कर्मचारी रश्मिला प्रजापतिले आफूलाई तत्कालीन मेयर स्थापितले प्रायोजित रूपमा समाचार बनाउन लगाएको बताएका छन् । उनले सामाजिक संजालमार्फत स्थापितले पैसा बाढेर आफ्नो अनुकूल समाचार लेख्न लगाएको आरोप लगाएकी छन् ।

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रजापतिले उक्त आरोप लगाएकी हुन् ।

प्रजापतिले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘बिहीबार एउटा कलेजमा प्रश्न गरेका एक युवा महिलालाई दुर्व्यवहार गरेर सर्वत्र आलोचित भएपछि शुक्रबार केशव स्थापितले होटेल ऐलो पगोडामा नेवार पत्रकारहरूलाई बोलाएर आफूले भ्यूटावर र एभरेस्ट होटेल किन्ने । त्यसको एक तलामा नेवार पत्रकारहरूलाई सित्तैमा अफिस दिने । महिनावारी भत्ता दिने । जितेपछि कामपाबाट मिल्ने जति नियमित पैसा दिने तर त्यसको लागि उसको विरुद्ध आउने सब स्वरहरूको विरुद्ध लेख्नुपर्ने कुरा राखेको रैछ, त्यसैको योजना अनुरूप सबसँग पैसा खाँदै समाचार बनाउने एक अनलाइनले समाचार बनाएछ ।

अरू पनि नियोजित समाचार आउँदै होला ।’ उनले आफूलाई तत्कालीन मेयरले बिना कारण आफूलाई महानगरको कर्मचारीबाट निकाला गरेको बताएकी छन् ।

’उनले लेखेकी छन्- ‘२०६० सालको असारमा मैले मेरो मातहतको एक जना ड्राइभरलाई गाली गर्‍यो भनी सम्पूर्ण सफाइ कर्मचारीलाई ३ दिनसम्म आन्दोलित गराइयो केशव स्थापितको निर्देशनमा ।

सत्य तथ्य बाहिर आउला भनी ‘मैले गाली गर्‍यो भन्ने ड्राइभर’लाई त्यो आन्दोलन भरी लुकाइयो, मैले आफै राजीनामा गर्छ भनी मलाई बेइज्जत गर्न त्यस्तो गराएको थियो । तर मेरो गल्ती थिएन त्यसैले राजीनामा गरिन । पछि राजाको नियुक्तिमा दोस्रो पटक मेयर भएर आएपछि पहिलो निर्णय गरी मलाई हटाइयो । यदि मैले अनियमितता गरेको भए मलाई हटाइएको पत्रमा किन त्यो कुरा उल्लेख भएन रु किन त्यो बेला म माथि केही कारबाही गरिएन ?’

उनले आफूलाई महानगरबाट हटाए पछि एक नेवारी पत्रिकामा ‘रश्मिला प्रजापतिलाई भ्रष्टाचार गरेकोले हटाइयो’ भनी फ्रन्ट पेजमा बक्स न्युज छापेको समेत उल्लेख गरेकी छन् । त्यो पनि नेवार समुदायमा मलाई बेइज्जत गर्नको लागि गरिएको एउटा प्रायोजित समाचार भएको समेत उनले सामाजिक संजालमा लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *