वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम प्रवर्द्धनका लागि स्थापित रिभल्भिङ फन्ड सञ्चालनका लागि समझादारी

काठमाडौं । Sustainable Economic Development in Rural and Semi-Urban Areas (SEDRA) परियोजना अन्तर्गत ग्रामिण क्षेत्र र अर्ध-सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्धम प्रवर्द्धनमा German Development Bank (KfW) को वित्तीय सहयोगमा स्थापित ‘Revolving Fund’ सञ्चालनका निम्ति नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच २०८२ माघ २७ गते मंगलबार समझदारी भएको छ ।

समझदारी-पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट का.मु. निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरे ।

उक्त अवसरमा संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर लगायत परियोजना र बैंक सम्बद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *