काठमाडाैं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको २ लाख ६४ हजार ७०० कित्ता सेयरको लक–इन अवधि फागुन २९ गते समाप्त हुने भएको छ।
कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।
संस्थाले गत भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड गत भदौ ३० गते भएको थियो ।







