काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार जनताको एजेन्डा समेटेर घोषणापत्र तयार भइरहेको छ। पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले पाँच वर्षमा पाँच प्रमुख क्षेत्रमा केन्द्रित रहेर घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।
घोषणापत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार तथा जेनजीका एजेन्डा मुख्य विषय रहनेछन्। साथै सरकारमा गएको १०० दिनभित्र १०० प्रमुख काम गर्ने योजना पनि समावेश गरिने जनाइएको छ।
Artha Sanjal






