बालेनको प्रचारमा खटिएका पत्रकार सिटौला अछाममा बेहोस, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

बालेनको टिम अछामको मंगलसेन जाँदै गर्दा बाटोमा चिया खान आज बिहान ९:३० बजेतिर गाडी रोकिएको थियो । यो स्थानमा अछामका रास्वपा उम्मेदवार भुपदेव शाहको घर नजिकै रहेको छ । गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल लगियो । तर, चिकित्सकहरुले अवस्था क्रिटिकल भएको भन्दै काठमाडौं लैजान सुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *