नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि मतदाताको सुझावका आधारमा संकल्पपत्र तयार गर्ने अभियान सुरु गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले आफ्नै वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै मतदातालाई योजना र सुझाव पठाउन अपिल गरेका छन्। बन्द कोठामा घोषणापत्र बनाउने परम्पराको साटो नागरिकको सहभागितामा ‘साझा संकल्पपत्र’ निर्माण गर्ने उनको उद्देश्य रहेको छ।
उनले भोटले सरकार बन्ने भए पनि समाज निर्माणका लागि नागरिकको सुझाव आवश्यक हुने बताएका छन्।







