आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ।

आयोगका अनुसार उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण सोधेको हो।

आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानुनबमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ।

आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *