उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतलाई आशिकाको फोन

काठमाडौँ। धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरेकी छन् । उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेर उम्मेदवारी फिर्ताबारे निर्णय गर्न भनेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।

‘आशिकाजीले फोन र इमेलमार्फत यस्तो आग्रह गर्नुभएको हो’, निर्वाचन अधिकृत अधिकारीले भने, ‘उहाँको डकुमेन्ट हेर्ने काम हुँदैछ । एकैछिनमा निर्णय हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *